Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पुष्पलाल मित्रता केन्द्र मकवानपुरले गर्यो रक्तदान

Company Register

Advertisement

कोभिड १९ को प्रभावबाट देश लकडाउन भएपछि मकवानपुरमा भएको रगतको अभाव पूरा गर्न पुष्पलाल मित्रता केन्द्र मकवानपुरले आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्त अभावका कारण विरामीहरुको अकालमा ज्यान जाने जोखिम बढेपछि केन्द्रले रक्तदान कार्यक्रम आयोजना गरेको केन्द्रका सचिवालय सदस्य श्रीराम दाहालले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी मकवानपुर द्वारा सञ्चालित जिल्ला रक्तसञ्चार केन्द्रमा नै गएर ६४ जना रक्तदाताहरुले रक्तदान गरेका हुन् । पुष्पलाल मित्रता केन्द्र मकवानपुरका अध्यक्ष मदन दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रमा आवद्ध जिल्लाभरका बिभिन्न ब्यक्तित्वहरुले रक्तदान गरेका थिए ।

देशभर नै रगतको अभाव भएको र त्यसको अभाव पूरा गर्न यस्तो कार्यक्रमले केही हदसम्म भएपनि टेवा पुगेको अध्यक्ष दाहालले बताउनुभयो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...