मकवानपुरमा जारी निषेधाज्ञा थप भदौ २० गतेसम्म बढाईएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्लाका दश ओटै स्थानीय तहका पसलहरु बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिएको छ । यसअघिको निषेधाज्ञामा खाद्यान्न पसल बिहान १० बजेसम्म र गैरखाद्यान्न व्यवसाय बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म संचालन गर्न दिएको थियो । यातायात पनि पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पु¥याएर संचालन गर्न दिने भएको छ ।

FB_IMG_1629893168530-1629894001.jpg