सडक बालबालिकाहरुलाई संरक्षण गर्दै आईरहेको संस्था मामाघर नेपाललाई दारी ग्याङ हेटौंडाले सहयोग गरेको छ । हेटौंडा– ११ डाङडुङेमा रहेको मामाघर नेपालमा पुगेर दारी ग्याङले सहयोग गरेको हो । दारीग्याङले बालबालिकाहरुलाई खाना खाने थाल १८ थान, पानी खाने बोतल र विभिन्न कार्याक्रमहरुको आयोजना गर्दा सहयोग पुगोस भनेर बत्ति बाल्ने पानस सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा दारी ग्याङका मकवानपुर जिल्ला संयोजक अजित खड्कालगायत सदस्यहरु मामाघर नेपाल पुगेका थिए । बालबालिकाहरुका लागि २० थान पानी खाने बोतल हेटौंडा –२ नम्बर वडामा रहेको माता लक्ष्मी सप्लायर्सका अमोद बस्ताकोटीले सहयोग गरेका छन् । २१ जना बालबालिकाहरु मामाघर नेपालको संरक्षणमा रहेको छ ।