2025-11-10 4:40 pm

हेटौंडा अस्पतालमा मन्त्रीको छ्ड्के

भदौ १९, २०७६ हेटौंडा : प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले हेटौंडा अस्पतालको छ्ड्के अनुगमन गरेका छन।  अनुगमनका क्रममा अस्पतालमा बिरामीले पाईरहेको स्वास्थ्य सेवा, परेका समस्या र अब गर्नुपर्ने कामका विषयमा बिरामी र कुरुवाहरुसँग छलफल गरेका थिए। एक घण्टासम्म अस्पतालको निरीक्षण गरेका उनले पहिलेको तुलनामा अस्पतालमा निकै सुधार आएको बताए। उनले भने  ‘हेटौंडा अस्पताल अहिले प्रविधियुक्त भएको र स्वास्थ्य उपचारमा पनि सुधार भएको मैले पाएँ।’ अस्पतालमा पुगेर मन्त्री दुलालले आकस्मिक कक्ष, ओपिडी सेवा, भर्ना भएका बिरामी, अप्रेसन कक्ष सबैतिर निरीक्षण गरेका थिए। कम्प्युटर सिस्टमबाट टिकट काट्ने, बिरामीको ल्यावको रिपोर्ट आफैनै इमेलमा आउने जस्ता सहजताले अस्पताल सुधार हुँदै आएको मन्त्री दुलालले बताए।  मन्त्री दुलालले अस्पताल हाता भित्र र बाहिर सरसफाइमा अझै ध्यान नदिएको भन्दै सुधार गर्न निर्देशन दिएका छन्। बिरामी र बिरामीका कुरुवाहरुले प्रदेशको राजधानीमा रहेको अस्पताल अझै सुध्रिनुपर्ने बताएका थिए। उनिहरुले डाक्टरको बोल्ने शैलि नभएको भन्दै मन्त्री दुलाल सङ गुनासो गरेका थिए। यस्तै बिरामीको चाप अनुसार अस्पतालको सेवा नपुगेको बिरामीहरुले बताए पछि मन्त्री दुलालले भवन बनिरहेको र छिट्टै व्यवस्थित हुने बताए। अनुगमनका क्रममा हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष प्रकाश पौडेल, हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।

About the Author

Ad
Ad