यामाहा मोटरसाईकलको हेटौंडाका लागि आधिकारीक विक्रेता राज मोर्टसबाट मोटरसाईकल खरिद गर्ने हेटौंडाका एक व्यक्तिलाई लक्की ड्र मार्फ एक लाख रुपैयाँको पुरस्कार परेको छ । बिहिबार काठमाडौंमा भएको लक्की ड्र बाट हेटौंडा ७ का वीरेन्द्र समाललाई एक लाख रुपैयाँ पुरस्कार परेको हो ।
समालले भाद्र १५ गते यामाहाको एफ जेड यस मोटरसाईकल खरिद गरेका थिए । यामाहा मोटरसाईकलको कुनैपनि मोटरसाईकल र स्कूटरको खरिदमा हिन्दु नेपालीहरुको महान चाड विजया दशमी र शुभदिपावलीको अवसरमा हरेक दिन एक जनाले लक्की ड्र मार्फत एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । देशभरका जुनसुकै यामाहाको विक्रि केन्द्रबाट मोटरसाईकल खरिद गर्दा पुरस्कार प्राप्त गर्न सकिने यामाहा मोटरसाईकलको हेटौंडाको विक्रेता राज मोर्टसका प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
भाद्र ४ गतेदेखी सुरु भएको लक्की ड्र कार्यक्रम तिहार सम्म चल्ने श्रेष्ठले जानकरी दिए । यामाहाको हरेक मोटरसाईकल तथा स्कूटरको खरिदमा स्क्र्याच कार्डमार्फत ७ हजार देखी १ लाख सम्मको पुरस्कार पनि प्राप्त गर्न सकिने र लक्की ड्र मार्फत हेरेक दिन एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सकिने श्रेष्ठले जानकरी दिए ।