Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नगर शिक्षा प्रमूखलाई महासंघ हेटौंडा नगरले गरायो ध्यानाकर्षण

Company Register
नगर शिक्षा प्रमूखलाई स्वागत तथा ध्यानाकर्षण गराउँदै । तस्वीर: सुनिल गौतम

नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर पालिकाले हेटौंडा उपमहानगर पालिका शिक्षा महाशाखाका प्रमुख लाई स्वागत तथा ध्यानाकर्षण गराएको छ । नगर शिक्षा प्रमूखका रुपमा आउनु भएका गंगाधर रिमाललाइ स्वागत गर्दै बिभिन्न शैक्षिक सुधार तथा पेशागत बिषय बस्तुहरुमा महासंघले ध्यानाकर्षण गराएको हो ।

Advertisement

महासंघका नगर अध्यक्ष दीपक अधिकारीले शैक्षिक एवम् पेशागत सवालमा उठेका मूलभूत मुद्दाबारे आफूहरुले ध्यानाकर्षण गराएको बताउनुभएको हो । विद्यालय शिक्षक तथा कर्मचारिको तलब मासिक रुपमा निकासा गरिनु पर्ने, शिक्षकहरुको कार्यसम्पादन मुल्यांकन फारमको समयमा नै कार्बाही गरि सम्बन्धित निकायमा पेश गरिनु पर्ने, नगर भित्रका विभिन्न शैक्षिक सुधार तथा पेशागत बिषयबस्तुहरुमा सहज वातावरण बनाउन शैक्षिक सम्बाद समितिलाइ कृयाशिल बनाउनु पर्ने, शिक्षक छनौटमा विशेषज्ञको रुपमा खटिनु भएका शिक्षकहरुलाइ काजको ब्यबस्था गरिनु पर्ने, विषयमा ध्यानाकर्षण गराएको हो ।

त्यसैगरी नगर भित्रको शिक्षालाइ निर्दिष्ट गन्तब्यमा पुर्याउन नगरले शिक्षा नीति यथा शिघ्र चांडो ल्याउनु पर्ने, संस्थागत बिद्यालयका शिक्षकहरु तथा कर्मचारीको तलब सुबिधामाको व्यापक गुनासो आएको मा त्यसको नियमन गरिनु पर्ने, नगर पालिकामा शिक्षाको बजेट निर्माण गरिंदा सम्बन्धित सरोकारवालाको छलफल तथा अन्तर्कृया गर्दै कुल बजेटको कम्तिमा २०% रकम बिनियोजन गरिनु पर्ने, दरबन्दी मिलानलाई प्रभाबकारी बनाउन यथा शिघ्र “Golden Hand Shake” सहित को स्वर्णिम अवकास योजना ल्याउनु पर्ने लगाएतका बिषय बस्तुमा ध्यानाकर्षण गराईएको अधिकारीले बताए ।

महासंघका सचिब अमित बन्जराले सन्चालन गरेको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष श्रीराम दहाल, जिल्ला महासंघका सचिब राजु गौतम, संगठनका सल्लाहकार अकुरप्रसाद गौतम, नेपाल शिक्षक संघ जिल्ला समितिका अध्यक्ष रामकुमार अधिकारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष कृष्ण खनाल, महासंघका उपाध्यक्ष लक्ष्मी सापकोटा, उपाध्यक्ष गोपालचन्द्र भट्टराई नेपाल राष्ट्रिय षिक्षक संगठनका नगर सचिब गोपिरमण प्याकुरेल, नेपाल शिक्षक संघ नगर सचिब श्रीराम लुइँटेल महासंघका अर्थ सचिब बालकुमार श्रेष्ठ, सदस्य चिरन्जिबी घिमिरे , विभिन्न बिद्यालयका प्रधानाध्यापक लगाएत महासंघका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा महाशाखा प्रमुख गंगाधर रिमालले नगर भित्रको शिक्षालाइ अघि बढाउन र शिक्षकका समस्या हल गर्न सबै सरोकारवाला संग संगै अघि बढ्ने कुरा ब्यक्त गर्नुभयो।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...