2025-12-07 10:35 am

पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध हेटौंडामा मोटरसाईकल डोराएर विरोध प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको भन्दै हेटौंडामा विरोध प्रदर्शन गरिएको छ । पछिल्लो समय सरकारले हप्तैपिच्छे प्रतिलिटर १०÷१० रुपैयाँ बढाएको भन्दै मंगलबार हेटौंडाको बुद्धचोकमा अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल खेलकुद महासंघ , मुस्लिम ईत्तेहाद संघ लगाएत जनवर्गिय संगठनहरुले विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सवारी साधन चलाउन नसकिने संकेत गर्दै मोटरसाईकल डोराएर हिडेका थिए । त्यस्तै खाना पकाउने ग्यासको मुल्य एकैचोटी प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको भन्दै ग्यास खरिद गर्न नसकिने संकेत गर्दै सडकमै दाउरा बालेर चिया पकाएर समेत प्रदर्शन गरेका थिए । उनिहरुले विरोध प्रदर्शनमा मूल्यवृद्धि फिर्ता गर, सडक हामी तताउंछौ मूल्यवृद्धि घटाउँंछौ, परमादेशी सरकार राजिनामा दे, लगायतको प्ले कार्ड तथा नारा लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad