बागमती प्रदेशले कोरोना भाईरसबाट आमाबाबु गुमाएका बालबालिकालाई मासिक ३ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आर्थिक वर्ष ७८–७९ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा आर्थिक मन्त्री कैलाश प्रसाद ढुङ्गेलले सो को घोषणा गरेको हो । प्रदेशको १३ जिल्लामा आमाबाबु गुमाउने बालबालिकालाई मासिक ३ हजार दिने भएको हो ।