Breaking
4 Dec 2024, Wed

सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ १५ जनाको ज्यान गयो

दोलखाको कालिञ्चोक गएर भक्तपुर फर्किदै गरेको बस आइतबार बिहान लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै दुर्घटना हुँदा अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । १२ याुत्रको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा सिन्धु सदाबहादर अस्पताल खाडीचौरमा मृत्यु भएको हो ।

दुर्घटनामा एकै परिवारका धेरैले ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ याङलाकोटका शंकर तामाङ केही वर्षदेखि परिवारकासहित भक्तपुरको आदर्श क्षेत्रमा बस्दै आएका थिए । श्रीमती र दुई छोरी लिएर कालिञ्चोक तीर्थयात्रबाट फर्किदिै गर्दा भएको बस दुर्घटनामा श्रीमती र दुई छोरीलाई शंकरले गुमाए । दुर्घटनामा श्रमीती रश्मा तामाङ, १५ महिनाकी छोरी रोशनी तामाङ र ५ वर्षीया छोरी सबिना तामाङको घटनास्थलमै मृत्यु भयो । शंकरको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा काभ्रे बेथानचोकका रामशरण खत्री र मैया खत्रीको पनि सोही दुर्घटनामा मृत्यु भयो । शनिबार भएकाले सबै आफन्त र परिवारसहित कालिञ्चोक गएको घाइते दोर्ज तामाङले जनाए ।

तामाङको परिबारका मात्रै आठ जना कालिञ्चोक गएको र सबैको अवस्था अहिले थाहा नभएको उनले बताए । ‘मेरो परिबारका धेरै थिए, को कता छन् रु कस्तो अवस्थामा छन् थाहै छैन’, तामाङले रुँदै भने । पत्ता भाँचिएको गाडी जबर्जस्ती चलाउँदा दुर्घटना भएको हुन सक्ने जनाइएको छ । दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ का २८ वर्षीय सुकबहादुर तामाङ, पाँच वर्षीया बालिका सविना तामाङ, १५ वषीया रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ लगायत छन् ।

Ad
Ad