Menu

कामदारमाथि हुने विभेद अन्त्यको माग राख्दै दक्षिण कोरियामा प्रदर्शन

आप्रवासी कामदारमाथि हुने विभेद अन्त्यको माग राख्दै दक्षिण कोरियामा मजदूरहरूले विरोध प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर मजदूरहरुले आइतबार राजधानी सउलमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी मजदूरले आप्रवासी श्रमिकमाथि हुने शोषण दमन ,भेदभाव अन्त्य हुनुपर्ने माग राखेका छन् । उनीहरुले औद्योगिक दुर्घटनाबाट हुने मृत्युको अन्त्य हुनुपर्ने तथा आप्रवासन नीति परिमार्जन गर्नुपर्ने माग राखेका छन् । मजदूरहरुले पहिलो चरणमा विरोध प्रदर्शन गरेका थिए भने दोस्रो चरणमा मार्चपास गरेका थिए । कार्यक्रममा विभिन्न देशका आप्रवासी श्रमिक साथै केसीटियु प्रतिनिधिको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad