Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बाघमा पनि देखियो कोरोना भाइरसको संक्रमण

Company Register

एजेन्सी : विश्‍भर मानवीय हताहती निम्त्याइरहेको कोरोना महामारी संक्रमण जीवजन्तुमा पनि देखिन थालेको छ। अमेरिकको न्युयोर्कस्थित ब्रोङ्कस चिडियाघरमा राखिएकी चार वर्षीया बाघिनीालई कोरोना संक्रमणको पुष्टि भएको हो। 

Advertisement

लगातार सुख्खा खोकी खोक्न थालेपछि बाघिनीको स्वास्थ्य परीक्षण गर्दा संक्रमण पुष्टि भएको सीएनएनले जनाएको छ।  पशु चिकित्सकहरुले चिडियाखामा रहेका अन्य पाँच बाघ र सिंहहरुको पनि नमुना लिएका छन्। ती जनावरहरुमा समेत कोरोना लक्षण देखिएको र सास फेर्न सकस भोगिरहेको अमेरिकीको कृषि विभाग (युएसडीए) ले जनाएको छ।

‘ठूला जनावरहरुमा संक्रमणले कस्तो असर गर्छ भन्‍ने थाहा भएको छ, हामीले संक्रमित जनावरमाथि निरन्तर निगरानी गरेका छौं। पूर्ण रुपमा निको पार्न प्रयास गरिरहेका छौं’, चिडियाखानाको विज्ञप्तिमा उल्लेख छ।

कोरोना भाइरस संक्रमण फैलिएपछि गत मार्च १६ तारिखदेखि ब्रोङ्कस चिडियाघर बन्द गरिएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...