Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोरोनाका कारण बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

Company Register

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन्। 

आइतवार साँझ उनलाई लक्षणहरू उस्तै देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। उनका डाक्टरको सुझावपछि यो कदम चालिएको बताइएको छ। डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिअनुसार चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राति परीक्षणका लागि अस्पताल भर्ना भएको जनाएको छ।

Advertisement

सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने बताइएको छ।   

कोरोनाको संक्रमण देखिएका प्रधामन्त्री जोनसन क्वारेन्टाइनमा बसेका थिए। 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...