Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मिति २०७६ चैत २४ गते सोमवार , तपाईको आजको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७६ चैत २४ गते सोमवार  ।  इ.सं. 2020 April 06 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलाथ्व । प्रमादीउत्तरायण वसन्त ऋृतु चैत्र शुक्लपक्षतिथि त्रयोदशी , १३:४१ बजे उप्रान्त चतुर्दशी । नक्षत्र पूर्वफाल्गुनी , १०:१० बजे उप्रान्त उत्तरफाल्गुनी । योग वृद्धि , २१:४६ बजे उप्रान्त ध्रुव । करण तैतिल १३:४१ बजेदेखि गर , २४:३० बजे उप्रान्त वव । चन्द्रराशि सिंह । आनन्दादी योग ध्वज । दिनमान ३१ घडी २२ पला । सूर्योदय ५: ५१ बजे । सूर्यास्त १८: २३ बजे ।

Advertisement

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

मानशीक चिन्ता बढ्ने र मनमा सङ्का उत्पन्न रहला । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज सामाजिक प्रतिष्ठा कमाउने बेलाछ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बोलीले रुलाई प्रभावित पारेर काम बन्नसक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दुरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जन क्रियाकलापमा सहभागीता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ती कमजोर राहनाले समस्या आउन सक्छ ।              

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मानपरेका परिकार खान पाईनेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक मायाँ र सद्भाव बढ्नेछ । राजनैतिक र परोपकारमा सफलता मिल्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...