आजको पञ्चाङ्ग

बि.सं. २०७७ मंसिर २३। मंगलवार। इ.सं. 08 December 2020 । शक संवत १९४२ । नेपाल संवत ११४१ कछलागा । प्रमादीदक्षिणायनहेमन्त ऋृतुमार्ग कृष्णपक्षतिथि अष्टमी , १३:३६ बजे उप्रान्त नवमी नक्षत्र पूर्वफाल्गुनी , ११:०५ बजे उप्रान्त उत्तरफाल्गुनी योग प्रीति , २३:४७ बजे उप्रान्त आयुष्मान् करण कौलव १३:३६ बजेदेखि तैतिल , २४:३९ बजे उप्रान्त भद्रा चन्द्रराशि सिंह । आनन्दादी योग धुम्र । दिनमान २५।५८ पला । सूर्योदय ०६:४४ बजे । सूर्यास्त बेलुका १७:०७

गोरखकाली पूजा। भैरव–अष्टमी।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।