Comments Add Comment

आज २०७६ फागुन ९ गते शुक्रबारको राशिफल हेर्नुहोस्

वि.सं. २०७६ फागुन ९। शुक्रबार। इ.स. २०२० फेब्रुवरी २१। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। त्रयोदशी, १७:४० उप्रान्त चतुर्दशी। नक्षत्र– उत्तराषाढा, १०:०० बजेउप्रान्त श्रवण। योग– व्यतीपात, ८:०९ बजेउप्रान्त वरियान्। करण– वणिज, १७:४० बजेदेखि भद्रा, ३०:०५ बजेउप्रान्त शकुनि। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:५८ बजे र दिनमान २८ घडी ७ पला। महाशिवरात्रि व्रत। शिलाचह्रे पूजा। पशुपतिनाथ, हलेसी महादेवस्थानलगायत शिवालयहरूमा धार्मिक मेला। सर्वार्थसिद्धियोग १०:०० देखि १७:४० बजेसम्म र ३०:०५ बजेपछि।
   तपाइको आजको  राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रेममा बाधाका साथै मन कमजोर रहला । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योगछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । अतिथ्यको रुपमा सम्मान पाइनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल चैँ भइँदैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । सामाजिक कार्यमा मन जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर