Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

‘प्रेम पूजा’ को फस्ट लूक सार्बजनिक

Company Register

शिवरात्रिको अवसर पारेर फिल्म ‘प्रेम पूजा’ को फस्ट लूक सार्वजनिक गरिएको छ । सामाजिक कथामा बनेको सस्पेन्स जानराको फिल्ममा अमरदिप सापकोटाको निर्देशन छ ।

Advertisement

सापकोटाले यसअघि ‘कारखाना’ नामक फिल्म बनाएका थिए । जुन व्यावसायिक रुपमा असफल भएको थियो ।

प्रेम पूजा’ को छायांकन वैशाखबाट थालिनेछ । फिल्मलाई काठमाडौं, चितवन तथा भारतको वनारसमा छायांकन गरिने निर्माण टिमले जनाएको छ । प्रेम पूजालाई अभिमन्यु निरवीले लेखिरहेका छन् ।

नयाँ तथा पुराना पुस्ताका कलाकारको अभिनय रहने केही कलाकार अडिसनमार्फत लिइने जनाइएको छ ।

निर्माण टिमका अनुसार यो फिल्म आगामी वर्षको दशैंको अवसर पारेर रिलिज गरिने तयारी छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...