एसडी योगी र मेलिना मैनालीको स्वर रहेको गीत ‘सम्झेर एक्लै’ सार्वजनिक भएको छ ।  गीतमा एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द  छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा बर्षा राउत र सलोन बस्नेत अभिनय देख्न सकिन्छ ।  दुवै कलाकारले पहिलोपटक यो गीतमा सहकार्य गरेका हुन् । म्युजिक भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । 
[ytp_video source=”VkkDfGw0eWU”]