Comments Add Comment

कोकाकोलाको कारण भद्रगोलका ‘जिग्री’लाई तनाव

छिल्लो समयमा अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाको कारण भद्रगोलका जिग्रीलाई समस्या परेको छ। कोकाकोलाले चर्चित नाम जिग्रीलाई पछिल्लो समयमा आफ्नो प्रचारप्रसारमा यो नाम प्रयोग गरेका छन्। जुन नाम नेपालको चर्चित हास्यटेलिसिरियल भद्रगोलका कलाकार कुमार कट्टेलको पात्रको नाम हो। यस नाम भद्रगोलकै कारण आमदर्शकमाझ चर्चित भएको नाम हो। यद्यपी कोकाकोलाले प्रचारप्रसारको लागि आफूसंग यो नाम लिदाँ कुनै अनुमति नलिई व्यबसायिक फाइदाको लागि लिइएको कुमार कट्टेल जिग्रीको भनाई रहेको छ।
उनका अनुसार जिग्री भन्ने ब्राण्डलाई कोकाकोलाले आफ्नो भएको दावी सहित नाम दर्ताको लागि प्रक्रिया अगाडि बढाएको बताएका छन्। आफूले धेरैवटा ठूला मिडियालाई यसबारेमा सूचना र समाचारको लागि खबर गर्दा पनि आफ्नो भनाई र विचारलाई स्थान नदिएको भन्दै चित्त दुखाई गरेका छन्। आफूले आफ्नो जिग्री ब्राण्डलाई दार्ता गराउन जाँदा भद्रगोलका अन्य पात्र तथा लोकप्रिय थेगोहरु अरुले नै लिइसकेको समेत खुल्न आएको जिग्रीले जानकारी दिएका छन्।

हामीसंगकोको सम्बादमा कुनै पनि शब्द चलनचल्तिकै भएता पनि त्यस शब्दलाई स्थापित गर्न वा लोकप्रिय बनाउनको लागि खास मिहेनत चाहिने भएकोले आफूले भद्रगोल मार्फत जिग्री भन्ने शब्दलाई चर्चित बनाएको दावी गरे। उनी भन्छन्, ‘हाम्रो समाजमा तक्मे भन्ने शब्द पनि हुन्छ, बुढा भन्ने शब्द पनि हुन्छ। तर तक्मेबुढा भन्ने ब्राण्ड त विल्सनविक्रम राईले बनाउनु भएको हो नी। ‘

आफूले आफ्नो अधिकार प्राप्तिको लागि थप कानुनी बाटो अपनाउने जिग्रीले बताए। कोकाकोलले जिग्री ब्राण्डलाई आफूखुशी प्रयोग गरेको भन्दै आपत्ती सहित भद्रगोल टिमले लामो स्टाटस लेखेका छन्। जुन यस्तो रहेको छ: हास्य कलाकार का श्रीजना हरु मा मौलिक अधिकार हुन्न?

विगत केही वर्ष यता गीत सङ्गित चोरी र सर्जकको सिर्जनाको सर्वाधिकार कपिराइट सम्बन्धि धेरै बहस भएको, मुद्दा चलेको, पिडितले हर्जना पाएको समेत सुनियो, तर के हाँस्यकलाकारका सृजनामा सर्जक को कपिराइट हुदैन? के हाँस्यकलाकारका सृजना चै सृजना नै हैनन? यसमा उनिहरुको मेहेनत हुँदैन? यो उनिहरुका मौलिक सम्पति अन्तर्गत पर्दैन? हाँस्यकलाकारहरुले कुनै सार्वजनिक समारोहमा आफ्नो प्रस्तुतिबाट दर्शकलाइ हँसाउन निकै मेहेनत गर्नु पर्ने हुन्छ, तर उस्को सृजना जो कोहीले जस्ताको तस्तै प्रस्तुत गर्ने, युट्युब च्यानलहरुमा खिचेर हालिदिने, एउटाको मेहेनतको कमाइ अर्काले चोरेर खाएको थुप्रै यथार्थहरु हाम्रो सामू छन, जस्को वास्तबिक पिडा दिन रात मेहेनत गरेर सृजना गर्ने सर्जकले जति धेरै अरुले अनुभुत गर्न सक्दैनन्।

भर्खरै भद्रगोल समूहले अनुभव गरेको भद्रगोल टाइटलको सर्वाधिकार आफूमा नरहँदा सबै दर्शकमाझ लोकप्रिय भएको कार्यक्रम नै अन्यौलमा परेको कुरा हामीले सामाजिक सन्जाल मार्फत उजागर गरेका थियाँै। आज हामी अर्को सर्जकले भोगेको पिडा यहाँ प्रस्तुत गर्दैछौ । भद्रगोलका लेखक, निर्देशक, मुख्य कलाकार कुमार कट्टेल जिग्रीले आफ्नो चरित्र निर्माण गर्न, चरित्रको नाम जिग्री राख्न, नाम अनुसार चरित्रले न्याय गराउन , त्यो नामलाई दर्शक माझ सर्वाधिक लोकप्रीय बनाउन लगभग आफ्नो जिन्दगीको सम्पुर्ण समय खर्च गरेका छन ।

आफूले जन्माएको पात्रलाई यहाँ सम्म ल्याइपुर्याउन उनले के भोक, के तिर्खा, के झरि, के घाम केहि वास्ता नगरि दिन रात नभनि करिब १० वर्ष लगाएका छन्। तर जब यो नाम हरेक नेपाली को जिब्रोमा झुन्डियो, लोकप्रीय बन्यो, तब उनको १० वर्ष को मेहेनत एकै सेकन्डमा एउटा अन्तर्रास्टी«य कम्पनिले उनलाइ सोध्दै न सोधि आफ्नो ब्राण्ड बनायो र उनिले जीन्दगीभर मेहेनत गरेर दुख गरेर कमाएको ख्याति लाइ मज्जाले बसि बसि फाइदा लियो । मेरो जिग्री खै भनेर देशका निकै नाम चलेका सेलेब्रेटीहरुले अभिनय गरेको भिडियो क्लिप्स सार्बजनिक भै रहदा कुमार कट्टेल जिग्री निकै रनभुल्ल मा परे, तर अन्त्यमा त्यो विज्ञापन बिश्व बजारमा ख्याति प्राप्त कोकोकोला को भएको थाहा पाउँदा कुमार कट्टेल आफु छाङ्गाबाट खसेको जस्तै भए आफुले यति जिन्दगि भर मेहेनत गरेर बनाएको सिर्जना आफुले थाहा पत्तो समेत नपाइ अर्काले प्रयोग गरेको देख्दा कसको मन दुख्दैन र ? केहि दिन कुमार के गर्ने सोच्न समेत सकेनन र अन्त्य मा कानुनि उपचार को खोजिमा लागे ।

आफ्नो दुख पोख्न र सार्बजनिक सुचना निकाल्न भनेर उनले नेपाल का ख्याति प्रात पत्रीकाहरु कान्तिपुर, नयाँ पत्रीका, नागरिक नेट्वर्कको कार्यलय धाए, तर देशमा सुचनाको खबरदारी गर्न आफुलाई निकै माहिर ठान्ने यी पत्रीकाहरुले कुमार कट्टेलको गुनासो बेवाश्ता मात्र हैन छाप्न समेत मानेनन, मानुन पनि कसरि? कोकोकोलाले जुन भारी पैसाको विज्ञापन दिन्थ्यो त्यो त कुमार कट्टेलले दिदैन थिए, उनिहरुको लागि कुमार लाइ न्याय दिलाउन सत्यको पक्षमा भन्दा पनि एउटा अन्तर्राष्ट्रिय कम्पनीको पक्षमा उभिनु फाइदै फाइदा थियो । अन्त्य मा कुमार कट्टेलले सबैबाट निराशा हाता लागे पछि ब्राण्ड दर्ता गर्ने कार्यालयमा गए, जहाँ आफ्नो मेहेनतको श्रीजना ुजिग्रीु मात्र हैन भद्रगोल का निकै ख्याति कमाएका थेगो, पात्र सबै दर्ता भै सकिएको थाहा पाय ।

ब्राण्ड दर्ता गर्ने फर्मको एउटा बुँदामा भनिएको छ, प्रस्तावित व्यापार चिन्ह मेरो आफ्नै मौलिक चयन हो । पूर्ण वा आंसिक रुपमा पनि अरु कसैको नक्कल गरेको होईन । साविकमा कसैले आवदेन गरेको वा प्रचालनमा ल्याई ख्याति आर्जन गरिसकेको देखिएमा वा पेरिस कन्भेन्सन अनुसार संरक्षण गरिदिनु पर्ने चिन्ह भएमा यो ट्रेडमार्क जुनसुकै बखत खारेज गरिदिएमा मेरो मञ्जुरी छ । उल्लेखित सम्पूर्ण व्यहोरा ठिक साँचो हो झुठा ठहरिएमा कानून बमोजिम सहूँला बुझाउँला ।

यो बँुदा पढि सकेर कुमार कट्टेल आफुले न्याय पाउने विश्वासका साथ आफू कानुनी उपचार मा लागेका छन्, आशा गरौ उनले न्याय पाउने छन्। नत्र यहाँ मान्छेले जिन्दगीभर मेहेनत गरेर बनाएको सृजना पैसा हुनेहरुले सेकन्डको भरमा लिएर जाने छन् र एक दिन कोकोकोला कम्पनिले कुमार कट्टेल जिग्रीलाइ नै पत्र काटेर भन्ने छ, यो हाम्रो ब्रान्ड को नाम हो, तैले प्रयोग गर्न पाउने छैनस्। यदि यस्तो भयो भने लाखौ जिग्री हरु आफ्नो कर्म छाडेर विदेशिन बाध्य हुने छन्, किनकी यहा कमेडियनहरुको सृजनाको कपिराइट को विषयमा बोल्ने कोही छैनन् । 

भद्रगोल परिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर