गायक युवराज चौलागाईं नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर युवराजले नयाँ गीत ‘मल मल सारी’ सार्वजनिक गरिएको हो। स्वर तथा संगीत युवराजको रहेको गीतमा शब्द गोपी श्रेष्ठ र अनुस्का पाठकले संयुक्त रुपमा लेखेका छन्।

सार्वजनिक गीतको भिडियोमा पल शाह, वर्षा राउत र गायक युवराज स्वयम्लाई देख्न सकिन्छ। सुदिप बरालको सिनेम्याटाग्राफी रहेको भिडियोलाई सम्पादन अर्जुन जिसीले गरेका हुन्। भिडियो निर्देशन कविराज गहतराजले गरेका छन्।

भिडियो