
नेपाल आइडलको पहिलो सिजनमा तेश्रो स्थान हासील गर्न सफल प्रताप दास आफ्नो स्वरका कारण निकै परिचित रहेका छन्। प्लेव्याक र अन्य गीतमा पनि आफ्नो दरिलो उपस्थिति बनाउन सफल रहेका प्रताप दासले गज्जबको फ्यान फ़लोइङ्ग कमाएका छन्।
लगातार सफल गीत दिएर आफ्नो व्यस्तता बढाउदै आएका प्रतापको महिला फ्यान फलोअर्स पनि निकै राम्रो रहेको छ। यति गज्जबको फ्यान फलोअर्स भएका प्रतापलाई मन पराउने पनि हजारौ संख्यामा रहेका छन्। तर उनले माया गर्या बिशेष मान्छे चाहिँ को होला ? सवैको कौतुहलताको बिषय हुन सक्छ । प्रताप अहिले आइश्मा चौधरी नाम गरेकी युवतीको प्रेममा परेको चर्चा छ । मिडियामा यो बिषयमा खासै समाचार नआए पनि दुवै लामो समयबाट प्रेममा रहेको उनी निकट साथीहरू बताउँछन् । यो विषयमा प्रताप निकट साथीहरु यो बिषयमा जानकार रहेका छन्।
प्रतापको जन्मदिनमा पनि आइश्माको उपस्थिति निकै विशेष रहेको थियो। केहि दिन अगाडि उनले आफ्नो इन्स्टाग्राममा आइश्मासँगको तस्विर पोष्ट गरेका थिए। त्यसपछि मात्र उनको प्रेमबारे रहस्य खुलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




