विपिनको ‘सेल्फी किङ’ को औपचारिक निर्माण घोषणा

चलचित्र ‘सेल्फी किङ’को आइतबार औपचारिक निर्माण घोषणा गरिएको छ । सफल चलचित्र ‘प्रसाद’ का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण तथा  विशाल सापकोटाले निर्देशन गर्ने यस चलचित्रमा  विपिन कार्कीको मुख्य भूमिका रहने छ । सापकोटाको डेब्यु निर्देशन ‘सेल्फी किङ’ मा विपिनको जोडी अभिनेत्री लक्ष्मी बर्देवासँग बाँधिएको छ । साथै चलचित्रमा केकी अधिकारी अतिथि कलाकारको रूपमा प्रस्तुत हुनेछिन् ।  प्रवल कोइराला र राजेश विशुरल सह(निर्माताको रूपमा रहेको सिनेमालाई सुशन प्रजापतिले छायाङ्कन गर्नेछन् । चलचित्रको कथा निर्देशक सापकोटा स्वयंले तयार पारेका हुन् ।

यसै वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रमा भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटालगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । चलचित्रको घोषणा कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले राम्रो टिम र स्क्रिप्टका कारण ‘सेल्फी किङ’ गर्न राजी भएको बताए । उनका अनुसार कथा उनको वास्तविक जीवनसँग धेरथोर मिल्ने छ । सुवास भुसालको सङ्गीत रहने चलचित्रको गीतमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीले स्वर भर्नेछन् । निर्मल लामाले चलचित्रको गीतमा कोरियोग्राफी रहनेछ । जीवन थापाले चलचित्रको सम्पादन गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad