अभिनेता दयाह्याङ राई र अभिनेत्री आँचल शर्मा अभिनित ‘त्यो तिमी हौ’ गीतको भिडियो सार्वजनिक भएको छ। राजेशपायल राईको स्वरमा रहेको गीत ‘त्यो तिमी हौ’ मा दयाह्याङ र आँचलले पहिलो पटक एक साथ काम गरेका हुन्।

निर्मला राईको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा राजेश पायल राईको स्वर रहेको छ। मिलन चाम्सको निर्देशनमा बनेको गीतको भिडियोमा प्रेमको अनुपम भावलाई व्यक्त गर्न खोजिएको छ।

सुदिप बरालको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई प्रज्वलित पराजुलीको सम्पादन तथा जुनिम गहतराजको रंग संयोजन रहेको छ।

हेर्नुहोस् गीतको भिडियो