नेपालमा पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ । शुक्रबारको प्रेस ब्रिफिङ्गमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । नेपालको विभिन्न जिल्लामा कोरोना कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङ्गमा बताएका छन् ।

प्रवक्ता डा. गाैतमका अनुसार माेरङ, पर्सा, बारा, काठमाडाैँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दाेलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । प्रवक्ता डा. गौतमले नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको जानकारी दिए । अहिलेसम्म नेपालमा १८ हजार २ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।