भिजिट नेपाल २०२० को प्रचार खर्च ३० करोड

Company Register

नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड खर्च भएको छ । सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रचारका नाममा गरेको करोडौं रुपैयाँ खर्च त्यतिकै खेर गएको देखाएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजनासहित कार्यक्रमहरु तय गरेको थियो । विश्वमा महामारीको रुपमा कोरोना भाइरस फैलिँदा ३० करोड ३९ लाख ८८ हजार रुपैयाँ खर्च खेर गएको हो ।

Advertisement

महालेखाको ५८ औं प्रतिवेदनले भ्रमण वर्षको योजनामा कोरोना बाधक बनेपनि करोडौं रकम खर्च भएको देखाएको छ । प्रतिवेदनले प्रचार–प्रसार, उद्घाटन, खेल इभेन्ट अन्तर्राष्ट्रिय सम्मेलनरगोष्ठीरसेमिनारमा भएको उक्त रकम अनुत्पादन भएको उल्लेख छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष बनाएर २० लाख विदेशी पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको थियो । तर, विश्वव्यापी रुपमा कोरोना महामारी फैलिँदा अहिले पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित बनेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...