काठमाण्डौं, गत साउन ३१ गतेबाट हिमालय टीभी एचडीबाट प्रत्यक्ष प्रसारण हुँदै आएको गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ अहिले सेमी फाईनलसम्म पुगेको छ ।

झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसन दिएको उक्त कार्यक्रम ब्याटल, नक आउट, लाईभ हुँदै सेमीफाईनलसम्म पुगेको छ । सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने सयौँ प्रतिभाहरु मध्य कस्को भाग्य घुम्ने हो त्यो भने अबको केहि दिनमा नै थाहा हुने छ ।

यसपटकको सिजनमा दुई जना कोच राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिइरहेका छन् ।

भोटिंगका आधारमा आज चार जना जजहरुका एक एक जना राम लिम्बु, विकास लिम्बु, आरिफ राफ र सनिस श्रेष्ठ प्रतिस्पर्धी ग्राण्ड फिनालेको लागि छानिएका छन् । भने बाँकी चार जना यान्कि याल्मो, गीता शार्मा, मेचु धिमाल र सन्जय ‘ड्राकुल’ ‘द भ्वाईस अफ नेपाल’को मंच छाडेका छन् ।