Comments Add Comment

गायक मानस राजको आवाजमा ‘उठ्न देउ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

गायक मानस राजले यसअघि चर्चा कमाएका भन्दा फरक धारको ‘उठ्न देउ।’ बोलको गीत सार्वजनिक गरेका छन् । उनले युट्युबमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।

गीतमा संगीत र स्वर गायक मानस राजकै छ । गीतका शब्द भने मनिष वशिष्ठका रहेका छन् । यो गीत मानस राजको निक्कै मिठो स्वरमा उत्कृष्ठ शब्दले कर्णप्रिय बनेको छ । गीतको अर्को पाटो म्यूजिक भिडियो निक्कै सशक्त बनेको छ । गायक मानस राजले भनेको ‘फरक काम’ को प्रयास भिडियोमा देखिन्छ ।

म्यूजिक भिडियोमा मुख्य भूमिकाको रुपमा सञ्जुबाबा देखिएका छन् । उनको अभिनय विशेष छ । संगीता थापा, बालकलाकार क्रिभिषेश खड्का लगायतको अभिनय पनि यो गीतमा देख्न सकिन्छ । कथाको कन्सेप्ट र निर्देशन गायक स्वयम्ले गरेका छन् । भिडियोलाई रिक्की कर्माचार्यले खिच्ने र सम्पादन गर्ने जिम्मेवारी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर