काठमाडौँ – सुनको मूल्य विगत दिनदेखि उकालो-ओरालो लागिरहेको छ। शुक्रबार घटेको सुनको मूल्य आज आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ।

छापावाला सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ रहेको थियो। त्यसैगरि चाँदीको मूल्य आइतबार स्थिर रहेसंगै आज चाँदी शुक्रबारकै मूल्य प्रतितोला एक हजार ३४० रुपैयाँ तोकिएको हो।