‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘हर युग होस प्रेम गीतको’ बोलको दोस्रो गीत सार्वजनिक भएको हो । गीतलाई प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । राजेश कुमार श्रेष्ठको शब्द तथा एलिस कार्कीको संगीत रहेको गीतलाई लिरिकिल ढाँचामा सार्वजनिक गरिएको हो । यस अघि यस चलचित्रको पहिलो गीत ‘हात्ती ढुंगा’ सार्वजनिक भएको थियो ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ।

आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति ‘प्रेम गीत ३’ चैत २८ गते प्रदर्शनमा आउदै छ । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।