काठमाडौं –  दक्षिण कोरियामा रहेका  कलाकारहरुको सक्रियतामा निर्मित  ‘तिमीलाई माया’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक उत्तम मगरको स्वरमा सजिएको यस गीतमा देवेन्द्र पुनको शब्द, संगीत रहेको छ भने यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।
उक्त भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ ( डार्क एन्जल )   र रजनी राईको  अभिनय रहेको छ। युवा प्रेम र आकषर्णलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोमा माया,प्रेम,शँका र सम्बन्ध लाई रचनात्मक तवरले देखाउन खोजिएको छ।

दक्षिण कोरियाका बिभिन्न पर्यटकिय आकर्षण बोकेका ठाउँहरुमा छायाङ्कन गरिएको उक्त भिडियोको निर्देशन मौषमी गुरुङ  ( डार्क एन्जल )  ले गरेकी हुन भने सम्पादन विजेश पौडेलले गरेका हुन। भिडियो डेमो क्रियशनको यूट्युब च्यानल बाट सार्वजनिक भएको छ। निर्माण टिमले सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू