मकवानपुरको मकवानपुरगढी गाउँपालिका – १ रानीसेरा स्थित रानीवास एग्रोटुरिजम पार्कमा ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मञ्जुश्री २८५७ औं लाङ९ म्हे० ल्हो सोनाम ल्होछारको अवसरमा शनिबार ल्होछारको मुलसमारोह समितिले मकवानपुरगढीको रानीसेरामा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । नेपाली कांग्रेस जिल्ला सदस्य तथा मकवानपुरगढीका वडा नम्बर ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बाको प्रमुख अतिथ्यता तथा आयोजक मुल समारोहका संयोजक रमेश कुमार थिङको सभाध्यक्षता रहेको थियो ।

May be an image of one or more people and people standing

ल्होछार कार्यक्रममा राष्ट्रिय हाँस्यकलाकार नविना सिलवाल (खुइली) गायक तथा संगीतकार प्रकाश तामाङ तितुङ ,रोशन लामा, टेकराज लाङघाली लगायत स्थानीय कलाकारहरुले प्रस्तुती प्रस्तुत गरेका थिए । तामाङ समुदायको धर्म, कला संस्कृति झल्किने भेषभुषा पहिरनका साथ दर्शकको बाग्लो उपस्थित रहेको थियो । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष आइतसिं लो, वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रीन, नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिला घलान, जिल्ला कार्यबहाक अध्यक्ष कालु घलान, सञ्चारकर्मीद्धय श्रीराम अर्जुन र प्रविन अधिकारी, वडा १ का वडा सदस्यहरु, टोल विकास, विद्यालय तथा गुम्बाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।