मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१५ पूर्व पश्चिम लोकमार्ग सडकखण्डबाट व्यक्ति र मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

बाराको पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको बा ९९ प ३०४१ नं। मोटरसाईकललाई जाँच गर्ने क्रममा मकवानपुर हेटौंडा – १० बस्ने २३ वर्षीय ठिल्ले लामा तामाङ र पछाडी सवार हेटौंडा –४ बस्ने २६ वर्षीय अजय घलेलाई नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट ७ ग्राम ६०० मिली ग्राम लागुऔषध खैरो हेरोईन फेला परेको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुमन बाँनियाले बताए।