मकवानपुरमा सोमबार थप १३ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार बिहान ५२ जनाको स्वाब संकलन गरिएकोमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ । संक्रमित हुने मध्य ७ महिला र ६ पुरुष रहेका छन् ।