मकवानपुरको राक्सिराङ र कैलाशमा गाँजा खेती फडानी

अनलाइन पत्र संवाददाता२०७७-०९-०७ No Comments

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । ८५ जना प्रहरीको टोलीले ३२ विगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी, इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठ र ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरिक्षक विकाश कुमार तामाङको कमाण्डमा संयुक्त रुपमा खटिएको ८५ जना प्रहरी टोलीले गाँजा फडानी गरेको हो ।

Ad
Ad