नेपाली कांग्रेसले आज हेटौंडामा सरकाविरुद्ध बृहत प्रदर्शन गर्दैछ । सरकारका गलत कृयाकलाप विरुद्धमा सडकम उत्रन लागेको कांग्रेसले हेटौंडाका विभिन्न ४ स्थानबाट विरोध ¥याली सहित प्रदर्शन गर्ने भएको छ । कांग्रेसले पूर्वि क्षेत्रमा सानोपोखरा, पश्चिम क्षेत्रमा जिल्ला प्रहरी कार्यलय, पश्चिम तर्फ चौकिटोल उकालो र दक्षिण तर्फ बनविज्ञान क्याम्पस अगाडी भेला भएर जुलुस सहित प्रदर्शन गर्ने पार्टी प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् । आज बिहान ११ः३० बजे हेटौँडामा सरकार विरुद्ध प्रदर्शन गर्दैछ । प्रदर्शनलाई कांग्रेस सभापति शेरबहादुर देउवा, पार्टी प्रबक्ता विश्वप्रकाश शर्मा सहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।