नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको अनलाइन शिक्षक प्रशिक्षण संगठन संस्थागत विद्यालय विभागको पाँच दिने ICT तालिम आज सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

भेलालाइ संवोधन गर्दै प्रमूख अतिथी शर्माले देशभरीमै लकडाउनको समयमा सबैभन्दा लामो समय २ महिनासम्म शिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेर नमूना बन्न सफल भएको बताउनुभयो । उहाले संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको आवाज उठाउने एकमात्रै पेशागत संस्था भएकोले सम्वन्धित शिक्षकहरु निर्धक्क भएर संगठनमा आवद्ध हुनसमेत आग्रह गर्नुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो ।

संगठन संस्थागत विद्यालय विभाग अध्यक्ष सचिन लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाइ सचिव रामशरण रिजालले सञ्चालन गरेका हुन् । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिती महासचिव हंस साही,सदस्य पद्मा पौडेल, राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछाने, मकवानपुर अध्यक्ष श्रीराम दाहाल, उपाध्यक्ष लक्ष्मी गजुरेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा, अछाम उपाध्यक्ष गीता ढुङ्गाना, पर्वत अध्यक्ष चिरञ्जिवी अधिकारी, नुवाकोट उपाध्यक्ष विद्या घिमिरे, मकवानपुर जिल्ला समिति पूर्व सचिव केशव प्रसाद सञ्जेल, सचिवालय सदस्य कृष्ण पौडेल सहकारी अध्यक्ष सिताराम दाहाल, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सदस्य सविता लामिछाने, भगवती पुडासैनी, शिब प्रसाद चौलागाइ, चुडा पौडेल, बालकुमार श्रेष्ठ, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी, संगठन हेटौंडा नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष शिब प्रसाद लामिछाने, बकैया पालिका उपाध्यक्ष हरिरहर खनाल, धादिङ सदस्य सरस्वती पाण्डे, मणिराम छतकुली, शिक्षक महासंघका बिष्णुमान श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा भोलि कार्यक्रमको समीक्षा बैठक आयोजना गर्ने संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।