नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समितिको आयोजनामाअनलाइन समसामयिक विषय भर्चुअल भेला तथा प्रविधिमैत्री प्रशिक्षणात्मक कार्यक्रम यहि जेष्ठ ३१ गते सम्पन्न भएको छ ।
कार्यक्रम केन्द्रीय समितिका वरिष्ठ उपाअध्यक्ष धुर्वराज शर्मा अर्यालको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा शिक्षाविद रमाकान्त सापकोटा तथा केन्द्रीय सल्लाहाकार भवानी पौडेलले नी ति तथा कार्यक्रम को सहजीकरण एवम् प्रशिक्षण गर्नु भएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा केन्द्रीय उपाध्यक्ष महेन्द्र वम केन्द्रीय सह-कोषाध्यक्ष खिमकान्त पराजुली केन्द्रीय सदस्य ऋषि वराल, टेक वहादुर केसी, गेहेन्द्र बिष्ट, केन्द्रीय सल्लाहकार हरि पौडेल, केन्द्रीय प्रतिनिधि खेमराज सापकोटाले मनतव्य दिनु भएको थियो भने कार्यक्रममा मकवानपुर सचिव अभिमन्यु गौततमले होष्ट गर्नु भएको थियो।
यसै गरि चितवन वाट हरिराज ढकाल,हरिराज आचार्य, लेखनाथ सापकोटा, इन्दीरा अर्याल, नारायणी सापकोटा, मकवानपुर शिवदयाल यादव, कञ्चनपुर टेकवहादुर के सी, मकवानपुर जिल्ला सदस्य विर वहादुर राइ, केशव पुडासैनि र सिताराम दहालले शुभकामना मनतव्य राख्नु भएको थियो ।