Comments Add Comment

मकवानपुरमा शुक्रबार बिहान थप ५९ जनामा कोरोना संक्रमण

मकवानपुरमा शुक्रबार बिहान थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । कात्र्तिक १३ गते संकलन गरिएको ११० जनाको स्वाबको रिपोर्टमा ५९ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले बताउनु भयो । शुक्रबार आएको रिपोर्ट अनुसार ३६ जना पुरुष र २३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेहरुमा हेटौंडा उपमहानगरपालिका क्षेत्रका ४८ जना, थाहा नगरपालिकाका ५ जना, मनहरी गाउँपालिकाका ५ जना र बकैया गाउँपालिकाका १ जना रहेका छन् ।

20201030_060911-1604017659.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर