हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ११ की ३६ वर्षीय एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उनको गएराती घरमै मृत्यु भएको वडा अध्यक्ष गाकर्ण प्रसाद पराजुलीले जानकारी दिए । उनलाई स्वास्थ्यमा समस्या देखापरेपछि जेठ ८ गते पिसिआर परीक्षण गरिएको थियो र रिपोर्ट पोजेटिभ आएको थियो । महिला सहित परिवारका ४ जना सदस्य संक्रमित भएपछि घरमै बसेका थिए ।