यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

रौतहटमा मंसिर १७ गतेसम्म निषेधाज्ञा


कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार राति १२ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गरेका छन् । तराईमा भव्यताका मनाइने दीपावली, छठ र बागमती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो। प्रजिअ यादवले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन्।

Advertisement
आगामी मंसिर १७ गतेसम्मका लागि जारी निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योग वाणिज्यरव्यापारिक संघसंस्था, सामाजिक संघसंस्था, सर्वसाधारण एवं सरोकार पक्षसँग जिप्रकाले अनुरोध गरेको छ। कोरोना संक्रमणबाट रौतहटमा अहिलेसम्म १४ जनाले ज्यान गुमाइसकेको र १७४ सक्रिय संक्रमित छन्। जिल्लाभरि सार्वजनिक खेलकूद, नाच, तमासा, मेला, भीडभाड हुने कार्यक्रम, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलूस र प्रदर्शन गर्नमा जिप्रकाले रोक लगाएको छ। मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा पनि दैनिक नित्य, पूजाराधनाबाहेक गतिविधि सञ्चालन नगर्न आदेशमा भनिएको छ।