Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजबाट चकरीमा वडास्तरीय फुटबल प्रतियोगिता हुँदै

Company Register

आजबाट मकवानपुरको मनहरी गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगिता सुरु हुँदैछ । सहीद प्रीतकुमार मोक्तान स्मृति प्रतिष्ठान मनहरी गाउँपालिकाको आयोजनामा शुभ दिपावलीको अवसरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् । सहीद प्रीतकुमार मोक्तानको योगदानलाई जीवन्त राख्नुको साथै भ्रातृत्वको सम्बन्ध र फुटबलको विकासको लागि खेल आयोजना गरिएको प्रतियोगिता संयोजक हेलिस मोक्तानले जानकारी दिए । उद्घाटन खेल परिवर्तनशिल युवा क्लव र च्यापल यूथ क्लवको बीचमा हुनेछ ।

Advertisement

बिजेताले नगद २० हजार तथा उपबिजेताले १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको लागि करिब साढे २ लाख खर्च हुने अनुमान रहेको छ । मनहरी गाउँपालिका , १ नम्बर वडा कार्यालयसहित विभिन्न व्यक्ती तथा संस्थाबाट आर्थिक सहयोग प्राप्त भएको संयोजक मोक्तानले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...