Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड १५ लाख

Company Register

हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपँयाको बजेट ल्याएको छ । बिहिबार उपमहानगरको नवौँ नगरसभामा उपप्रमुख मिनाकुमारी लामाले आर्थिक वर्ष २०७८र७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपँयाको बजेट प्रस्तुत गरेकी हुन् ।

Advertisement

पुर्वाधार विकास तर्फ १ अर्ब ३० करोड ६० लाख ७६ हजार, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ६३ करोड ९२ लाख ९९ हजार, स्वास्थ्यतर्फ ८ करोड ६१ लाख १० हजार, संस्कृति प्रवर्द्धनतर्फ २ करोड ३७ लाख, खेलकुद तथा मनोरञ्जनतर्फ ३ करोड ७२ लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ३ करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १ करोड ९१ लाख बजेट उपमहानगर पालिकाका उपाध्यक्ष लामाले विनियोजन गरिएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...