Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौँडा १२ का दुग्ध उत्पादक कृषकहरुलाई अनुदान रकम वितरण

Company Register

मकवानपुर- मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा दुग्ध उत्पादक कृषकहरुलाई अनुदान रकम वितरण गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशबाट प्राप्त अनुदान रकम दुग्ध उत्पादक कृषि सहकारी संख्थाका सदस्यहरुलाई शुक्रबार वितरण गरिएको हो ।

वि.सं. २०७५ साउन १ गतेदेखि २०७६ असार ३१ गतेसम्म संस्थाका कृषकहरुले दुग्ध विक्री गरेको परिमाणको आधारमा प्राप्त अनुदान सामाजिक दुरी कायम गरी वितरण गरिएको संस्थाका रामहरी पोखरेलले जानकारी दिएका छन् । कृषकहरुले उक्त अबधीमा दुग्ध बिक्रि गरेको परिमाणको आधारमा मन्त्रालयबाट २ लाख ७८ हजार ४ रुपैयाँ अनुदान रकम प्राप्त भएको थियो । अनुदान रकमबाट संस्थामा आवद्ध घरेडी डाँडा, हात्तिगौँडा लगायतका कृषकहरु लाभान्वित भएका छन् ।

Advertisement

अनुदान वितरण कार्यक्रम संस्थाका अध्यक्ष मधुसुदन नेपालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यष ललितबहादुर घलानको उपस्थितिमा भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...