Comments Add Comment

नेपाल निबृत्त शिक्षक समाजको अनलाइन भर्चुअल भेला सम्पन्न

नेपाल निबृत्त शिक्षक समाज केन्द्रीय समितिको आयोजना तथा जिल्ला समिति मकवानपुरको सहआयोजनामा आज प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको प्रशिक्षणात्मक भेलाको दोस्रो सत्र समाजका केन्द्रीय अध्यक्ष चुडामणी पट्टेल तथा ध्रुवराज अर्यालको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो ।

लकडाउनको प्रभाव ताथा कोरोना संक्रमणले पार्ने मनोसामाजिक असरलाइ न्यूनिकरण गर्न समाजले प्रशिक्षणात्मक भेला आयोजना गरेको हो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्व केन्द्रीय महासचिव एवम् मनोशिक्षाविद् रमाकान्त सापकोटाले प्रशिक्षण दिनुभएको थियो। सापकोटाले कोरोना एक रोग मात्र नभइ वर्तमान समयको चुनौती पनि भएकोले यसलाइ सुक्ष्म ढंगले सबैले परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

मकवानपुर जिल्ला सचिव अभिमन्यू गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमूख लिलानाथ गौतम, नेपाल राष्ट्रीय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, केन्द्रीय बरिष्ठ उपाध्यक्ष महेन्द्र बम, महासचिव इश्वर बहादुर श्रेष्ठ, सदस्य, तोयानाथ लामिछाने, खिमाकान्त पराजुली, चितवनबाट टिकाराम रेग्मी, भवानी पौडेल ऋषी बराल, बिष्णु सापकोटा, शिवदयाल यादव, चुडामणी वली, इन्द्र सञ्जेल, बनमाली सुवेदी, लगायतकाले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो ।

समाजले तेस्रो सत्रको प्रशिक्षणात्मक भेला यही जेष्ठ २४ गते सम्पन्न गर्ने कार्यक्रम रहेको मकवानपुर जिल्ला सचिव अभिमन्यू गौतमले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

कोरोना र अनुत्तरित प्रश्नहरु

कोरोनाका कारण २५ शिक्षकको मृत्यू