जनकपुरधामस्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा एक महिला दुई टाउको भएको शिशुको जन्म दिएकी छन्।
सिरहाको कर्जन्हा नगरपालिकाको बल्टिया घर भएकी २५ वर्षीया सविता वैद्यले दुई टोउँको भएको शिशु जन्माएकी हुन्। विहिवार बेलुका साढे ५ बजे ति महिलाले पहिलो पटक अचम्म खालको बच्चाको जन्म दिएकी छिन्।
६ महिनाको गर्भवती रहेकी उनी पेट दुखेपछि जनकपुर आएर हस्पिटल भर्ना भएकी थिइन्। हस्पिटलका डा. रुबि सिंहले शल्यक्रिया गरी शिशु बाहिर निकालेकी थिइन्। तर करिब डेढ घण्टामै शिशुको मृत्यू भएको अस्पताल प्रमुख रामबाबु यादबले जानकारी दिए।
उनका अनुसार समय समेत नपुगेको अवस्थामा बच्चा जन्मिएपछि मृत्यु भएको छ। महिलाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। घाँटी भन्दा तलको भाग एउटै भएकाले बच्चालाई बचाउन गार्हो भएको डा. सिंहले जानकारी दिइन् ।