2025-12-10 2:54 am

हेटौँडामा खोलाले ट्रक बगायो

शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कदै गर्दा कर्रा खोलाले भारतिय ट्रकलाई बगाएको छ । मंगलबार राति देखि परिरहेको अविरल वर्षाका कारण कर्रा खोलामा आएको बढिले ट्रक बगाएको छ ।

हेटौंडा १७ हटियामा रहेको सिवम सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपि ५६ टि ४०३९ नम्बरको भारतीय ट्रक कर्रा खोलामा आएको बाढीले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अनिष बुढाथोकीले बताएका छन् । ट्रक पुरिएपनि मान्छेलाई केही नभएको प्रहरीले जनाएको छ । अझै पानी परिरहेकोले ट्रकलाई उद्धार गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad