Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरे गायक शोभराजको ‘कान्छी’ सार्वजनिक (भिडियो)

Company Register

मकवानपुरका गायक शोभराज तामाङको नयाँ गीत ‘कान्छी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार हेटौँडाको ‘द क्रियटिभ रेष्टुरेन्ट एण्ड बार’ मा पत्रकार सम्मेलन गरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् मकवानपुरका चर्चित अग्रज गायक कृष्णगोपाल सिंहले भिडियो प्ले गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । म्युजिक भिडियो शोभराजकै व्यक्तिगत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Advertisement

गीतमा गायक शोभराज तामाङकै शब्द र सँगीत रहेको छ । गीतलाई एरेञ्जर तथा रेकर्डिष्ट अमृत लुङ्वाले एरेञ्ज, मिक्स तथा रेकर्ड गरेका हुन् । गीतको म्युजिक भिडियोमा युभाष श्रेष्ठ, निरु थिङ र दिपक लामाले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई विशाल राज राईले छायाँकन, निर्देशन तथा सम्पादन गरेका छन् । गीतको म्युजिक भिडियो मकवानपुरकै विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको निर्देशक राईले पत्रकार सम्मेलनमा बताएका छन् ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अग्रज गायक कृष्णगोपाल सिंहसहित गायक शोभराज तामाङ, निर्देशक विशाल राज राई, कलाकारहरु युभाष श्रेष्ठ, निरु थिङ, मकवानपुरे गायक धिरेन लामा, अणराज तामाङ, मकवानपुरे कलाकार विक्रम लुङ्वा, राससका मकवानपुर प्रतिनिधि रिपेश रिद्धि दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...