Comments Add Comment

क्रोएसियामाथि सानदार जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

क्रोएसियामाथि सानदार जित निकाल्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३–० गोलको जित निकाल्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई गोल गर्दा कप्तान लिओनल मेसीले एक गोल गरे।

अर्जेन्टिना आठ वर्षको भित्रमा दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। यसअघि अर्जेन्टिना सन् २०१४ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो। त्यतिबेला फाइनलमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिनाको सपना चकनाचुर भएको थियो। अब उपाधिका लागि अर्जेन्टिनाले आइतबार राति फ्रान्स वा मोरक्को मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। साविक विजेता फ्रान्स र मोरक्कोबीच बुधबार राति दोस्रो सेमिफाइनलको खेल हुनेछ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै