चट्याङ लागेर सप्तरीमा मंगलबार ३ जनाको मृत्यु भएको छ । तिनै जना खेतमा काम गर्दै गर्दा चट्याङ लागेको हो । मृत्यु हुनेमा सुरुंगा नगरपालिका वडा नम्बर ३ का ५५ बर्षीय हरिहर चौधरी, हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर ११ का ४५ बर्षीय शिबशतीदेवी पण्डित र तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ की १५ वर्षीय पुनम यादव रहेका छन् ।