Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् , २०७७ वैशाख २० गते को राशिफल

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख २० गते शुक्रवार ।  इ.सं. 02 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख शुक्लपक्ष तिथि नवमी ०७:०० बजेदेखि दशमी , २८:५५ बजे उप्रान्त द्वादशी । नक्षत्र मघा , १९:४५ बजे उप्रान्त पूर्वफाल्गुनी । योग वृद्धि , ११:४४ बजे उप्रान्त ध्रुव । करण कौलव ०७:०० बजेदेखि तैतिल , १७:५९ बजे उप्रान्त वव । चन्द्रराशि सिंह । आनन्दादी योग पद्म । दिनमान ३३ घडी ०० पला । सूर्योदय ०५: २६ बजे । सूर्यास्त १८: ३८ बजे ।

Advertisement

सीता जयन्ती ।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।   

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारीको काममा उल्झन आउनेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।        

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोवार भने कमजोर रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाईदा मूलक योजना बननेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । साँझमा खर्चसमेत बढ्ने योग छ ।            

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वातावरण बन्ला ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मनपनि प्रसन्न रहनेछ । साथीभाइलेपनि राम्रै सहयोग जुटाउनेछन् । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...