हेटौंडा उपमहानगरपालिका –१९ बस्तिपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ट्रयाक्टर चालक राक्सिराङ–८ का २८ बर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको छ । बिहिबार बिहान करिब २ बजे भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्रयाक्टर काठको पुलबाट तर्ने क्रममा पुल भाँचिएर दुर्घटना भएको प्रहरीको भनाई छ ।